
४३ वर्षकी कनिकाले दोस्रो पटक विवाह गर्दै
‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले २० मे अर्थात् आज आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छिन् । यो कनिका कपुरको दोस्रो विवाह हो । कनिकाको विवाह अघिका तस्बिर सोसल मिडियामा अत्यधिक चर्चित भइरहेको छ । कनिकाको हल्दीपछि अब उनको मेहेन्दीको फोटो सार्वजनिक भइरहेका छन् ।
कनिका कपुरले इन्स्टामा मेहेन्दीको तस्बिर सेयर गर्दै लेखिन्, ‘जी, आई लभ यु सो... मच !’ उनको तस्बिरमा प्रशंसकले शुभकामना र माया प्रदान गरिरहेका छन् ।
कनिका कपुरका श्रीमान् गौतम एनआरआई व्यापारी हुन् । विवाह अघिका सबै कार्यक्रम लण्डनमा भएको हो । विवाह पनि त्यहाँ नै हुनेछ । यसअघि कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन् । यो विवाहबाट कनिकाका तीन सन्तान छन् । उनीहरुको नाम अयाना, समारा र युवराज हो ।
कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो । उनी सन् २०१२ सम्म पहिलो श्रीमान्सँगै बसिन् । त्यसपछि उनको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । विवाह टुटेपछि कनिका कपुर मुम्बई गइन् र उनी गायनमा लागिन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ