शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालले आइतबार ओपीडी सेवा दिने

शुक्रबार, ०६ जेठ २०७९, १२ : ४०
शुक्रबार, ०६ जेठ २०७९

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइतबार बिदा नदिने भएको छ । सरुवा रोग अस्पतालको बहिरंग सेवा ओपीडी लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत् रुपमा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सरुवा रोग अस्पतालका  निर्देशक डा.मनिषा रावलद्वारा जारी विज्ञप्तिमा ‘हप्तामा शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन पनि सेवा नियमित हुने उल्लेख गरिएको छ । 
वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगायतका ५ अस्पतालहरुले पनि आइतबार सार्वजनिक विदा नदिने घोषणा गरिसकेका छन् । गृह मन्त्रालयले २६ वैशाखमा राजपत्रमा सूचना प्रकाशन गर्दै हप्तामा शनिबार र आइतबार गरी दुई दिन विदा दिने जानकारी गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप