बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो पटक शुक्रबार सेयर बजार खुल्यो, नेप्सेको खराव सुरुवात

शुक्रबार, ०६ जेठ २०७९, १२ : २१
शुक्रबार, ०६ जेठ २०७९

नेपालमा पहिलो पटक शुक्रबार सेयर बजार खुला भएको छ । जेठ १ गतेदेखि सातामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयनमा आएसँगै सेयर बजार कारोबारमा समयमा फेरबदल आएको हो । 
आइतबार पनि सार्वजनिक बिदा हुने भएपछि आइतबारको साटो स्टक मार्केट (बजार बजार) शुक्रबार खुला गरिएको हो । सातामा ५ दिन मात्र खुल्ला हुने सेयर बजार यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको थियो ।
यद्यपि, नेपालमा पहिलो पटक शुक्रबार पनि बजार खुला गर्न लागिएपनि यो अन्तर्राष्ट्रिय प्रयोग नै भएको नेप्सेका सूचना अधिकारी मनोज पराजुली बताउँछन् । 

केही साना र कम कारोबार हुने मुलुकहरूलाई छाडेर अधिकांश मुलुकहरुमा शनिबार र आइतबार बन्द भएर सोमबारदेखि शुक्रबार नै सेयर कारोबार हुने उनको भनाइ छ । जुन अल्पकालिनका लागि भनिएपनि नेपाल कार्यान्वयनमा ल्याएको छ । 

बैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम बजार खुल्ने समय हेरफेर गरेको नेप्सेले अर्को निर्णय नभएसम्म सातामा सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नै बजार खुल्ला राख्ने जनाएको छ । 

नेप्सेको खराब शुरुवात
पहिलो पटक शुक्रबार पनि बजार खुलेको आज नेप्सेले खराब शुरुवात गरेको छ । बजार खुलेको एक घण्टामा नै नेप्सेमा करिब ५ अंकले गिरावट आउँदै २२४६ अंकमा झर्न पुगेको छ । बजार खुलेको एक घण्टामा कुल १८२ कम्पनीका ४ लाख ५३ हजार ६३५ कित्ता सेयर करिब ३ हजार पटक किनबेच हुँदा जम्मा १२ करोड ७१ लाख ४५ हजार ३५९ रुपैयाँको कारोबार भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप