आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पञ्चदेवलको मेयर–उपमेयरमा काँग्रेस विजयी, एमालेको स्थान तेस्रो

शुक्रबार, ०६ जेठ २०७९, १२ : ०४
शुक्रबार, ०६ जेठ २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस उम्मेदवार अम्बिका कुमारी चलाउने ३ हजार ६५३ सहित विजयी भएकी छिन् । काँग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री चलाउने उनी अछाममा मेयर हुने पहिलो महिला समेत हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत पाएका छन् । यस्तै एमालेले नन्द बहादुर कडायतले २ हजार ६९७ मत ल्याएका छन् । उनी गत निर्वाचनमा पनि पराजित भएकाे थिए ।

एकीकृत समाजवादीका योगेन्द्र बहादुर ६९२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गायक टंक प्रसाद जैसीले १५४ मत पाए । राप्रपाका उम्मेदवार इन्द्र रावलको मत ४६ मा सीमित भयो । यस्तै उपमेयरमा पनि काँग्रेसका हर्क बहादुर रावल विजयी भएका छन् ।

उनले ४ हजार १८८ मत ल्याउँदा माओवादीका रिता रावलले २६१८ मत पाएकी छिन् । एमाले उम्मेदवार राजु संज्यालले २३०२, एकीकृत समाजवादीका कृष्णा कुमार जैसी ८७८ र राप्रपाकी शर्मिला कुमारी शाहीले ६३ मत मात्र पाइन् ।

विनायकको मेयर र उपमेयर ०७४ मा पनि काँग्रेसले नै जितेको  थियो । काँग्रेसले मेयर उपमेयर जोगाए पनि एमालेले भने आफ्नो मत जोगाउन सकेन । गत निर्वाचनमा दोस्रो भएको एमाले यसपटक तेस्रो भएको छ । उसलाई माओवादीले उछिनेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप