कश्यपको कथा : चोरको चलाखी
कथा निकै पुरानो हो । एउटा गाउँमा चोरको बिगबिगी थियो । दिनहुँ सानो ठूलो चोरीको घटना भइरहन्थ्यो । कहिले यता चोरी भयो भन्ने सुनिन्थ्यो कहिले उता । कहिले घर फोरिन्थे कहिले बैङ्क लुटिन्थे । कहिले पकेट मारिन्थे कहिले गरगहना चोरिन्थे । प्रहरीहरू हैरान, प्रहरी प्रशासन हेरेकोहे-यै । यद्यपि प्रशासनले अनेक तरिका अपनाएर चोरीका रोक्ने प्रयास नगरेका होइन । यसमा प्रहरी पनि लागेकै थिए, प्रशासन पनि लागेकै थियो तर चोरहरू भने जहिले पनि एक पाइलो अघि हुन्थे । हमेसा नयाँनयाँ तरिका अपनाएर चोर्न सफल हुँदै आएका थिए ।
समय बित्दै गयो चोरीचकारी पनि चली नै रह्यो । सरकार दिक्क थियो प्रहरी प्रशासन किंकर्तव्यविमूढ । मुस्किलले एक दिन प्रहरीहरू दुई जना चोर समाउन सफल भए । उनीहरूले चोरलाई निकै केरकार गरे तर चोरहरूले मरिकाटे मुख खोलेनन् । जस्तोसुकै डर देखाउँदा पनि सुन्यानसुन्यै गर्थे । डरको अस्त्र भुत्ते भएपछि प्रहरी हाकिमले प्रलोभनको पासो थाप्ने निधो गरे । डर र लोभलाई क्रमशः साम र दाम भनिन्छ । त्यसपछि दण्ड र भेद नीतिको कुरा आउँछ, जुन समस्या समाधानका अचुक अस्त्र मानिन्छन् । यहाँ पनि यस्तै नीतिको सहारा लिने विचार गरेका थिए । चोरहरूले डरको नीतिलाई सजिलै पचाइदिएकाले उनीहरूका निम्ति यसको विकल्प पनि थिएन । त्यसैले प्रलोभनको पासा फाल्दै प्रहरी हाकिमले भने–
‘भाइ हो ! एउटा खुसीको खबर छ सुन्न चाहन्छौ ?’
हाकिमको कुरा सुन्नासाथ चोरहरूले उत्साहित हुँदै भने–
‘खुसीको कुरा सुन्न नचाहने पनि कोही हुन्छ र भन्नुस् न कस्तो कुरा हो ।’
‘माथिबाट छाडिदिनू भन्ने आदेश छ ।’
‘हो र ?’
‘हो त नि तर तीनवटा शर्तमा ।’
‘एकएक गरी भन्न सक्नुहुन्छ ।’
‘पहिलो शर्त यही हो कि चोरहरूका नाम र ठेगाना बताउनुपर्नेछ ।’
‘तपाईँको शर्त तपाईँसितै राख्नुस्, त्यो सम्भव छैन ।’
‘किन ?’ मुिक्त हुन चाहन्नौ ?’
‘चाहेर के गर्ने, हामीलाई उनीहरूले मार्दैनन् र ?’
‘जागिर दियौँ भने ?’
‘कहाँ ?’
‘प्रहरीमा नि कहाँ ।’
प्रहरीको जागिर सुन्नासाथ उनीहरूले खुसी हुँदै चोरहरूका नाम र ठेगाना बताएर दोस्रो शर्त बताउन आग्रह गरे । त्यसपछि प्रहरी हाकिमले धन्यवाद दिँदै भने–
‘अब चोरको भाषा र तरिका सबै बताउने छौ ।’
‘चोरका भाषा साङ्केतिक हुन्छ, जुन चोर बाहेक अरूले बुझ्दैनन् ।’
‘अनि तरिका ?’
‘अवस्थामा भर पर्छ ।’
‘जस्तै ?’
त्यसपछि उनीहरूले चोरीका भाषा र तरिका सबै बताउँदै तेस्रो शर्त सुनाउन आग्रह गरे । उनीहरूका कुराबाट प्रहरी हाकिमले उत्साहित हुँदै भने–
‘यो अलि गाह्रो छ ।’
‘भन्न सक्नुहुन्छ, जतिसुकै गाह्रो भए पनि हाम्रा लागि देब्रे हातको खेल हुन् ।’
‘हामीले भनेको घरमा चोरी गर्नुपर्नेछ, सक्छौ ?’
‘सक्छौँ किन नसक्ने, अच्छ्युँ खायौँ बच्छियुँ खायौँ जुसे बारुला ।’
‘तर होस गर चोर्न सफल भयौ भने गुप्तरचरको जागिर पाउनेछौ । यदि पक्राउप¥यौ भने शर्त मान्न वाध्य हुने छैनौँ ।’
‘अवश्य, अवश्य ।’
त्यसपछि प्रहरी हाकिमले कुरा बनाउँदै भने–
‘गुप्तचरको काम गर्न निकै गाह्रो छ । अलिकति मात्र तलमाथि प¥यो भने पनि अनर्थ हुन्छ । त्यसैले भोलि राति नै चतुर्भुज शर्मा (चतुरे) को घरमा चोरी गरेर आफ्नो चलाखी सिद्ध गर्नुपर्नेछ ।’
शर्त अनुसार तोकिएको समयमा चोरहरू चतुरेको घरमा चोर्न गए । चतुरे हरेक दिन सुत्नु अघि एकछिन आँगनमा घुम्ने गर्थे । त्यस दिन उनलाई घरपछाडि घरपछाडि कोही लुकेको छ जस्तो लाग्यो र भित्र श्रीमतीलाई केही कुरा अथ्र्याएर चोरले सुन्नेगरी भने–
‘विक्रमकी आमा ! घरमा गहना गुरिया कति होलान् ?’
‘होला त्यस्तै पचास साठी तोला ।’
‘अनि असर्फी ?’
‘एकहजार जति ।’
‘कहाँ राखेकी छ्यौ ।’
‘किन र ?’
‘हिजोआज चोरी बढ्दै छ भन्ने थाहा छैन ?’
‘छ, छ किन नहुने । त्यसैले भएभरको सम्पत्ति बासकमा राखेर घरको कुनामा लुकाएकी छु ।’
‘धत लाटी ! कतै घरमा राखेको सम्पत्ति पनि सुरक्षित हुन्छ ?’
‘भन्नुस् न त कहाँ राखौँ ?’
‘इनारभित्र राख्ने नि, खोइ ल्याऊ अहिले नै लगेर राखिदिन्छु ।’
एकैछिनपछि श्रीमतीले बाकस ल्याएर दिँदै भनिन्–
‘लिनुस् बाकस, भएभरको सम्पत्ति यसैमा छन् ।’
‘ठीक ग¥यौ ।’ यति भन्दै उनले बाकस लगेर इनामा फालिदिए । बाकस निकै गह्रौँ थियो, परसम्म सुन्ने गरी छपल्याङ्ग ग¥यो ।
आवाज सुनेर चोरहरू खुसी भए, चतुरेको सबै सम्पत्ति सजिलै एकै ठाउँमा भेटिने भयो भनेर । जब घरमा मानिस घुर्न थालेको आवाज आयो तब उनीहरू नजिकैको बाल्टी उठाएर इनारको पानी निकाल्न लागे । पानी धेरै थियो । उज्यालो हुने बेलातिर मात्र इनार रित्तियो त्यसपछि बाकस निकाली हताहतार खोल्न लागे तर बाकसमा इट्टा र ढुङ्गा बाहेक केही भेटिएन । बल्ल आफू ठगिएको थाहा पाए र निरास हुँदै फर्कन लागे । ठीक त्यही बेला चतुरेले आएर रोक्दै भने–
‘धन्यवाद छ बगैँचा सेचन गरिदिनुभएकोमा ।’
‘आफ्नो धन्यवाद आफैँसित राख्नुस् । बरू हामीलाई हतार छ जान दिनुस् ।’
‘उपहार त लिएर जानुस् ।’
‘कस्तो उपहार ?’
‘पछाडि फर्केर हेर्नुस् त ।’
उनको कुरा सुनेर चोरहरूले पछाडि हेरे तर त्यति बेलासम्म प्रहरी हाकिम हतकडी लिएर उपस्थित भइसकेका थिए । नहुन् किन ? चतुरेले राती नै उनलाई खबर गरिसकेका थिए ।
बल्ल उनीहरूको होस आयो तर त्यति बेलासम्म निकै अबेर भइसकेको थियो, जसले गर्दा उनीहरूले पूरा जीवन जेलको चिसो छिाँडीमा बसेर पश्चात्ताप गर्नुप-यो । ... खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ भनेको यही हो । आफूलाई चलाख ठानी अरूलाई ठग्छुभन्दा आफैँले नराम्ररी ठगिनुपरेको पत्तै पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’