अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा
शुक्रबार, ०६ जेठ २०७९, ११ : ३०
एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ । आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन