बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसी राष्ट्रपति पुटिनकी छोरी ‘जेलेन्स्की’ को प्रेममा, उनलाई भेट्न २ वर्षमा ५० पटक गइन् म्युनिख

शुक्रबार, ०६ जेठ २०७९, ११ : २४
शुक्रबार, ०६ जेठ २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भलै जेलेन्स्कीलाई घृणा गर्छन् तर उनकी छोरी कैटेरिना तिखोनोवाले भने ‘जेलेन्स्की’ लाई प्रेम गर्छिन् । वास्तवमा उनका प्रेमीको नाम इगोर जेलेन्स्की हो । यी दुई पछिल्लो पाँच वर्षदेखि सम्बन्धमा छन् ।

जर्मनीको दर स्पाइलगेलको रिपोर्टमा यसबारे कुरा गरिएको छ । सन् १९८६ मा जन्मिएकी कैटरिना पुटिनकी कान्छी छोरी हुन् । उनको पहिलो सम्बन्ध सफल भएन । कैटरिनाको पहिलो विवाह रुसका सबैभन्दा युवा अर्बपति किरिल शामलोवसँग भएको थियो तर यो सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । यी दुई २०१७ मा अलग्गिए ।

डान्सर हुन् कट्रिनाका प्रेमी जेलेन्स्कीः

यस्तै यदि कैटरिनाका प्रेमी जेलेन्स्कीसँग कुरा गर्ने हो भने उनी व्यावसायिक रुपमा डान्सर हुन् । उनी ५२ वर्षका हुन् । जेलेन्स्कीले यसअघि कोरियोग्राफर याना सेरेब्रिकोवासँग विवाह गरेका थिए । जसबाट जेलेन्स्कीका दुई छोरी र एक छोरा छन् ।

एकातिर पुटिन पश्चिमी देशमा बस्ने रुसीप्रति असन्तुष्टि व्यक्त गर्छन् भने उनकी छोरी सरकारी सुरक्षाका साथ आफ्ना प्रेमीलाई भेट्न म्युनिख जाने गर्थिन् । रिपोर्टमा बताइए अनुसार कैटरिना सन् २०१७ देखि २०१९ का बीच करिब ५० पटक जेलेन्स्कीबाट म्युनिख गएकी थिइन् । यस्तै सन् २०२२ को सुरुवातमा यी दुई म्युनिखमा सँगै बसेका थिए ।

रुस–युक्रेन युद्धका कारण प्रेमीलाई भेट्न पाइरहेकी छैनन्ः

पछिल्लो करिब ३ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी छ । यसले दुई देशका सर्वसाधारणका साथै रुसी राष्ट्रपतिकी छोरी कैटरिनाको जीवनलाई पनि प्रभावित गरेको छ । युद्धका कारण उनी आफ्ना प्रेमीलाई भेट्न म्युनिख पनि जान पाइरहेकी छैनन् ।

बुचा नरसंहारको नयाँ भिडियो सार्वजनिकः

युक्रेनमा रुसको हमला पछिल्लो दुई महिनाभन्दा पनि बढी समयदेखि जारी छ । यति नै बेला रुसी सेनाको क्रुर व्यवहारको भिडियो र तस्बिर सार्वजनिक भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप