मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

हालसम्मकै उच्च विन्दुमा डलर, अन्य मुलुकको के छ ?

शुक्रबार, ०६ जेठ २०७९, ११ : २१
शुक्रबार, ०६ जेठ २०७९

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२४ रुपैयाँ ६७ पैसा पुगेको हो । यस्तै, बिक्रीदर ​१२४ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ ।

आज युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । 

यस्तै जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता साउदी अरवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप