आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खेलाडी–प्रशिक्षक विवाद : एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने

शुक्रबार, ०६ जेठ २०७९, ११ : १६
शुक्रबार, ०६ जेठ २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फाले आज प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । छानविन समितिले गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको थियो ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले छानविन समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गर्ने बताए । ‘छानविन समितिले बुझाएको प्रतिवेदन हामीले अध्यन गरि सकेका छौं । आज सार्वजनिक गर्ने योजना छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।

एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एन्फाले समिति गठन गरेको थियो । उक्त समितिले बुधबार प्रतिवेदन बुझाएको थियो । एएफसी एसियन कप छनोटखेलका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुले १० जना खेलाडीले क्याम्प छोडेर गएका थिए ।

आफ्नो आधारभूत आवश्यकताका विषयमा कुरा राख्दा पनि प्रशिक्षकसँग खटपट परेको विषयमा खेलाडीहरूले क्याम्प छोडेर गएका थिए । त्यसपछि खेलाडीहरूले आफूहरुलाई न्याय दिनुपर्ने बताउँदै एन्फासँग अनुरोध गरेका थिए । एन्फाको कार्यसमिति बैठकले छानविन समिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप