शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

दमकमा ओलीलाई धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी

शुक्रबार, ०६ जेठ २०७९, ११ : ०१
शुक्रबार, ०६ जेठ २०७९

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । 

थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२  मत ल्याएर विजयी भइन् । 

झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप