दमकमा ओलीलाई धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी
एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् ।
थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी भइन् ।
झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण