पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री
शुक्रबार, ०६ जेठ २०७९, १० : ५४
कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएका छन् । फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।
फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई पनि समेटेको छ । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् । कतार विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि