रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप

रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।
निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको छ । रिता देवीको पनि शरीरमा चोट लागेको बताइएको छ । घाइते दम्पतीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ ।
निर्वमान वडा अध्यक्ष र कृषनन्दको बीचमा पुरानो रिसिइबीका कारण सामान्य झगडा भएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । उनले भने–‘पुरानो रिसिइबिका कारण सामान्य झगडा भएको हो, पूर्व सूचनाको आधारमा प्रहरी परिचालन गरेको हुनाले ठुलो झगडा भएन ।’ निवर्तमान वडा अध्यक्ष उमेश यादवले आफूले कुटपिट गरेको अस्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु