शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कसैलाई मोटो वा पुड्को नभन्नुहोस्, यस्ता व्यक्तिले तपाईंको ज्यानै लिन सक्छन्, थाहा पाऔँ यो कस्तो रोग ?

शुक्रबार, ०६ जेठ २०७९, १० : ४६
शुक्रबार, ०६ जेठ २०७९

हालै भारतको तमिलनाडुको कल्लाकुरिची जिल्लामा एउटा निकै अचम्मित गरिदिने घटना भएको छ । १२ कक्षाका एक विद्यार्थीले बारम्बार बडी सेमिङ गर्ने आफ्नै सहपाठीको हत्या गरिदिए । प्रहरीका अनुसार मृतक विद्यार्थीले आरोपीलाई बारम्बार जिस्काइरहन्थे । उनीसँगै स्कूलका अन्य विद्यार्थीले उनको अन्तर्मुखी स्वभाव र अनुहारको मजाक उडाउने गर्दथे ।

यो घटनालाई नियालिरहेकी राज्य बाल अधिकार संरक्षण आयोगकी सदस्य डा. सरन्या जयकुमारले बडी शेमिङ झेलेका व्यक्ति स्ट्रेस र डिप्रेशनको शिकार हुने बताएकी छिन् । यसले बडी डिस्मर्फिक डिसअर्डर (बीडीडी) हुने गर्छ । धेरैपटक बडी शेमिङको शिकार हुने मानिसमा रिस र डिप्रेसनको स्तर असाध्यै बढ्ने गर्छ, त्यसैले उनीहरुले खतरनाक कदम पनि उठाउने गर्छन् ।

यसबारे दिल्लीकी इन्डियन स्पाइनल इंजरी सेन्टरकी साइकोलोजिस्ट डा. शानू श्रीवास्तवले विस्तृत जानकारी दिएकी छिन् ।

बडी सेमिङ के हो ?

बडी शेमिङ यस्तो अभ्यास हो जसमार्फत् मानिसले कसैको शरीरको आकार, तौल, रङ वा अपियरेन्समाथि क्रिटिकल कमेन्ट गर्छन् वा त्यसको मजाक उडाउँछन् । आजकाल यो समस्या फिल्मी क्षेत्रदेखि अफिस। कलेज वा बालबालिकामा समेत देखिँदै छ । यसकारण ट्रोल हुने व्यक्तिको मानसिक स्वास्थ्यमा असाध्यै गहिरो असर पर्ने गर्छ ।

बडी सेमिङले यस्ता समस्या हुनसक्छः

– लज्जा र इन्फेरिओरिटी कम्प्लेक्स (हिनताबोध) महसुस गर्नु ।

– लगातार बडी सेमिङले स्ट्रेस वा डिप्रेशनको शिकार हुनु

– भित्रभित्रै निस्सास्सिएको महसुस हुनु

– आफूलाई साथी र परिवारबाट अलग राख्नु

– एक्लो महसुस गर्नु

– यस्ता मानिसहरुमा प्यानिक अट्याक हुने पनि आशंका हुन्छ

बडी सेमिङलाई यसरी ह्यान्डल गर्नुहोस्ः

– चिन्ता गर्नुको साटो आफैंलाई स्वीकार्नुहोस् ।

– आफ्नो तुलना अरु कसैसँग पनि नगर्नुहोस् किनभने कोही पनि परफेक्ट हुँदैन ।

– आफ्ना कमीको पहिचान गरेर त्यसलाई हटाउने र योसँग सम्झौता गर्नेबारे सोच्नुहोस् ।

– आफूलाई उत्कृष्ट बनाउनका लागि केही सिर्जनात्मक क्रियाकलापमा लाग्नुहोस् ।

– फिटनेसबारे अरुले गरेको कमेन्टलाई नजरअन्दाज गर्नुहोस् ।

– फिट रहनका लागि सधैँ स्वस्थ खानेकुरा खानुहोस् र व्यायाम गर्नुहोस् ।

– व्यायामले तपाईंलाई मानसिक र शारीरिक दुबै तरिकाले फिट राख्छ ।

बडी डिस्मर्फिक डिसअर्डर के हो ?

यो एउटा यस्तो मानसिक स्थिति हो जसमा व्यक्तिले आफ्नो शरीरको आकार, रङ, तौल, उचाइ वा अपियरेन्ससँग जोडिएका कमीबारे सधैँ सोचिरहन्छन् । यस्ता मानिसहरु बढी सोच्ने भएकोले स्ट्रेस वा डिप्रेशनको शिकार हुने गर्छन् । उनीहरु आफैँप्रति लज्जित महसुस गर्छन् । यहाँसम्म कि यस्ता मानिसहरु अरुलाई भेट्न वा सामाजिक भेटघाटमा जान पनि हिच्किचाउँछन् । बडी डिस्मर्फिक डिसअर्डरद्वारा ग्रस्त मानिसहरु बारम्बार ऐनामा हेर्छन् र सुन्दर देखिनका लागि थुप्रै घण्टा बर्बाद गर्छन् । साथै...

– यस्ता मानिसहरु आफूमा कमी महसुस गर्छन् ।

– आफ्नो लुकका लागि असहज महसुस गर्छन् ।

– यसले उनीहरुको स्वास्थ्य र दिनचर्या दुबै खराब हुन्छन् ।

– सबैकुरा ट्राई गर्दा पनि उनीहरु आफ्नो लुक र पर्सनालिटीसँग सन्तुष्ट हुँदैनन् ।

– अत्यधिक डिप्रेशनका कारण उनीहरु आफूलाई वा अरुलाई क्षती पनि पुर्याउन सक्छन् ।

बडी डिस्मर्फिक डिसअर्डरका कारणः

वंशानुगतः

यदि परिवारमा पहिला कसैलाई यो समस्या भएको छ भने अर्को पिढिमा पनि यो समस्या हुनसक्छ ।

मस्तिष्क रोगः

मस्तिष्क रोगका कारण पनि यस्तो समस्या देखिन सक्छ । धेरैजसो टिनएजर्समा यो समस्या देखिन्छ ।

वातावरणीय तत्वः

बाल्यकालमा वरिपरिका मानिसहरुका कारण सुन्दर देखिने दबाब महसुस गर्नु र जिस्काउँदा पनि यो समस्या हुने गर्छ ।

यस्तो स्ट्रेस वा डिप्रेशनका कारण पनि हुनसक्छ ।

बडी डिस्मर्फिक डिसअर्डरलाई यसरी पहिचान गर्नुहोस्ः

– जब कसैले श्रृङ्गारमा धेरै समय लगाउँदा पनि आफूमा कमी महसुस गर्छ ।

– यस्ता मानिसहरु आफूलाई बारम्बार ऐना हेर्छन्, आफ्नो छालालाई छोइरहन्छन् र कपाल मिलाइरहन्छन् ।

– आफ्नो मजाक उडाइने हो कि भन्ने डरले कतै जान मन नपराउनु ।

– आफ्नो स्टाइलिङ, मेकअप वा कपडाले आफ्नो कमजोरी लुकाउने कोसिस गर्नु ।

– अरुसँग आफ्नो विशेषता वा सुन्दरताको सधैँ तुलना गर्छन् ।

– साथी वा परिवारको नकारात्मक कमेन्टबारे लगातार सोचिरहनु ।

– यस्ता मानिसहरु आफूलाई अरुको दृष्टिकोणले हेर्छन् ।

यस्तो स्थितिमा आमा–बुवाले यसरी राख्नुहोस् बच्चाको ख्यालः

– सबैभन्दा पहिला आफ्नो बच्चाको कुरा सुन्नुहोस्, उनीहरुको कुनै पनि कुरालाई नजरअन्दाज नगर्नुहोस् ।

– बच्चालाई एकसे एक सुख सुविधा दिनुको साटो उनीसँग क्वालिटी समय बिताउनुहोस् ।

– बच्चाको गुण वा विशेषताबारे उनीहरुलाई महसुस गराउनुहोस् । उनीहरुलाई थप उत्कृष्ट बनाउनका लागि मोटिभेट गर्नुहोस् ।

– उनीहरुको कमीबारे सकारात्मक तरिकाले कुरा गर्नुहोस् र त्यसलाई सुधार्न मद्दत गर्नुहोस् ।

– आफ्नो बच्चाको इच्छा अनुसार उनीहरुलाई कुनै क्रियाकलापमा संलग्न हुन मद्दत गर्नुहोस् ।

– यति गर्दा पनि बच्चामा केही सुधार देखिएको जस्तो नलागे कुनै मनोविद्को मद्दत लिनुहोस् ।

यस्ता रोगबारे आफूलाई यसरी जोगाउनुहोस्ः

– आफूलाई प्रेम गर्नुहोस् र नकारात्मक सोचबाट टाढा रहनुहोस् ।

– आफूलाई अरुसँग तुलना गर्नबाट जोगिनुहोस् ।

– आफूमा सकारात्मक पक्ष खोज्ने कोसिस गर्नुहोस् ।

– साथीहरुसँग रमाइलो समय बिताउनुहोस् ।

– केही नयाँ कला, रुचीका किताब पढ्नुहोस् ।

– आवश्यक परे साइकोलोजिस्टको सल्लाह लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप