
काठमाडौं - ३२ मा एमालेका पराजुली निर्वाचित

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका नवराज पराजुली ५ हजार २२५ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सितादेवी पराजुली कँडेलले ३१०८ मत प्राप्त गरेकी छन् । त्यसैगरी ३२ को महिला वडासदस्यमा पनि एमालेकै हिरादेवी पोखरेल निर्वाचित भएकी छन् ।
सीता विसुंखे दलित महिला सदस्यतर्फ निर्वाचित भएकी छन् । त्यसैगरी दुई खुला वडा सदस्यमा भगवान बुढाथोकी र हरिबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ