बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पनौतीको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी

शुक्रबार, ०६ जेठ २०७९, ०९ : ५२
शुक्रबार, ०६ जेठ २०७९

काभ्रेको पनौती नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । काँग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।

यहाँ  काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप