शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीको बर्जुमा एमाले विजयी

शुक्रबार, ०६ जेठ २०७९, ०९ : ३४
शुक्रबार, ०६ जेठ २०७९

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छन्।

छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप