आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी

शुक्रबार, ०६ जेठ २०७९, ०९ : २०
शुक्रबार, ०६ जेठ २०७९

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। 

अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप