शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको अध्यक्ष पदमा शेर्पा र नेम्बाङले उम्मेदवारी दिने

शुक्रबार, ०६ जेठ २०७९, ०९ : १६
शुक्रबार, ०६ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । एन्फाका वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

त्यस्तै एन्फाका बर्तमान वरिष्ठ उपाध्यक्ष नेम्बाङले आज उम्मेदवारी घोषणा गर्दैछन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै १२ः३० मा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । ‘नयाँ कार्यकालका लागि आज उम्मेदवारी घोषणा गर्ने छु । प्यानल भने निर्वाचनको केहीदिन अघि मात्र सार्वजनिक गर्नेछु,’ नेम्बाङले रातोपाटीसँगको कुराकानीमा भने । 

अध्यक्ष शेर्पाले आफूले नयाँ कार्यकालका लागि आउँदो सोमबार उम्मेदवारी दिने शेर्पाले बताए । ‘आज देखि ६ दिनसम्म उम्मेदवारी दिने समय छ । म सोमबार उम्मेदवारी दिनेछु,’ शेर्पाले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप