बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई १ हजार ८८ मतले अगाडि

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ५७
शुक्रबार, ०६ जेठ २०७९

सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेखवार हर्कराज राईले १ हजार ८८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किशोर राईले १० हजार ३९२ मत पाउँदा हर्कराजले ११ हजार ४८० मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ४६८ मत पाएकी छिन् ।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा अगाडि छन् । उनले ११ हजार ९३८ मत ल्याउँदा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले ११ हजार ४०२ मत ल्याएका छन् । 

शुक्रबार अहिले बिहान ८ः२५ सम्ममा धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १८ र १९ को मतगणना सकिएको छ भने वडा नं. ११ को २८०० मत, वडा नं. १३ को १६०० मत, १४ को  १५०० र वडा नम्बर २० को १३१० मत गणना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप