बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ४८
शुक्रबार, ०६ जेठ २०७९

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । 

चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।

जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंकसहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ । एभर्टनको जितसँगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ  । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यसअघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप