बैंगलोरको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।
अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरको जितमा विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान फाप डु प्लेसिसले ४४ रन जोड्दा ग्लेन म्याक्स्वेल ४० रनको योगदान गरे । ब्लिङतर्फ गुजरातका राशिद खानले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित रहदै ६२ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले ३४ रन बनाउँदा रिद्दीमान शाहले ३१ रन जोडे ।
बैंगलोरका जोश हाजलउडले २ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र वानिन्दु हर्शरंगाले एक–एक विकेट लिए । यसजितसँगै बैंगलोरले बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । यसअघि नै प्लेअफमा पुगिसकेको गुजरातले शीर्ष स्थानमा १४ खेलमा २० अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका आचार्य निर्विरोध
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत