आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एभर्टन रेलिगेशनबाट बच्यो

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ३४
शुक्रबार, ०६ जेठ २०७९

६८ वर्ष लामो इंग्लिस प्रिमियर लिग फुटबलको ईतिहास बोकेको एभर्टन बिहीबार राति क्रिस्टल प्यालेसलाई हराउँदै रेलिगेशनबाट बचेको छ । प्यालेससंग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेल बाकी रहँदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो । 

जेयान र जोर्डनको गोलसंगै भ्रमणकारी टोली प्यालेस पहिलो हाफमा २-० ले अग्रता लियो । तर दोस्रो हाफमा माइकल केइन, रिचार्लिसन र कार्भाटको गोलमा एभर्टनले पुनरागमन गर्यो । जितसँगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ । प्यालेस ४५ अंकसहित १३औं स्थानमा छ ।

एभर्टनको जितसँगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ  । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन् । यसअघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ । यता, अन्तिम खेल्बाटनै लिगको विजेता टुंगो लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप