नेपालगन्जमा राप्रपाको सत्ता ढल्यो, काँग्रेस विजयी हुँदा नन्दलाल भए तेस्रो
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई निर्वाचित भएका छन् ।
सा गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए ।
विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । ०७४ मा मेयर जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत ल्याएर तेस्रो भएका छन् । उपप्रमुखमा निर्वाचित गठबन्धनबाट जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।
राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत ल्याएकी छिन् । यसअघि नेपालगञ्जमा राप्रपाले मेयर र काँग्रेसले उपमेयर जितेको थियो । नेपालगन्जको मेयरमा धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा