ललितपुरमा चिरिबाबुले कटाए २० हजार मत, अन्य उम्मेदवारले कति पाए ?
शुक्रबार, ०६ जेठ २०७९, ०८ : १४
ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका मेयरका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनको अग्रता यथावत छ । ४४ हजार ८९९ गणना हुँदा महर्जनले २२ हजार ७२३ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५१३ मतसहित पछ्याइरहेको अवस्था छ ।
उपमेयरमा एमालेका उम्मेदवारको अग्रता छ । एमालेकी उम्मेदवार मन्जली शाक्यले १२ हजार ५२१ मतले ल्याएकी छिन् । गठबन्धनबाट माओवादीका बाबुराज बज्राचार्यले ७ हजार ९०० मतसहित पछ्याइरहेका छन्।