निधिको गृहनगर नगराईनमा काँग्रेस निर्वाचित
शुक्रबार, ०६ जेठ २०७९, ०८ : ०३
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको मेयरमा काँग्रेसका बिनयकुमार यादव विजयी भएका छन् । काँग्रेसका उम्मेदवार यादवले ५५५६ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु पजियारले ५५१४ मत पाएका छन् । यादवले पजियारलाई ४२ मतले पराजित गरेका हुन् ।
उपप्रमुखमा भने एमाले उम्मेदवार राधादेवी यादव निर्वाचित भएकी छिन् । उनले ५७३० मत पाउँदा काँग्रेसकी रञ्जु कुमारी साहले ५५२३ मत ल्याएकी छन् । राधाले २०७ मतको मतान्तरले साहलाई हराएकी हुन् । निधिको घर रहेको वडा नम्बर २ मा भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जितेको छ । काँग्रेसले वडा नम्बर १,३,४ र ७ जित्दा एमालेले वडा नम्बर ५,६, ८ र ९ जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण