शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निधिको गृहनगर नगराईनमा काँग्रेस निर्वाचित

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ०३
शुक्रबार, ०६ जेठ २०७९

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको मेयरमा काँग्रेसका बिनयकुमार यादव विजयी भएका छन् । काँग्रेसका उम्मेदवार यादवले ५५५६ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु पजियारले ५५१४ मत पाएका छन् । यादवले पजियारलाई ४२ मतले पराजित गरेका हुन् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार राधादेवी यादव निर्वाचित भएकी छिन् । उनले ५७३० मत पाउँदा काँग्रेसकी रञ्जु कुमारी साहले ५५२३ मत ल्याएकी छन् । राधाले २०७ मतको मतान्तरले साहलाई हराएकी हुन् । निधिको घर रहेको वडा नम्बर २ मा भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जितेको छ । काँग्रेसले वडा नम्बर १,३,४ र ७ जित्दा एमालेले वडा नम्बर ५,६, ८ र ९ जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप