वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ९ हजार बढी मतले अगाडी
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १९ हजार ४२९ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ९ हजार २६८ मतले अगाडी छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ८६२ मत ल्याएका छन् ।
महानगर उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवार इम्तियाज आलमले १४ हजार १२० मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ८७४ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ९३४ र राप्रपाकी उम्मेदवार बिना जैसवालले १ हजार ५३७ मत ल्याएकी छिन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म वडा नं १,२,३,४,५,६,७,८,२४,२५,२६,२७,२८,२९,३०,३१ र ३२ गरी १७ वटा वडामा गणना भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश
-
टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत
-
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
-
अबको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने प्रचण्डको घोषणा
-
बागमतीमा बजेट प्रणाली निर्माणमा अर्थमन्त्री र मुख्यमन्त्रीबिच मतभेद
-
केही राजदूतको सिफारिस पुनर्विचार गर्ने मनस्थितिमा सरकार