बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको ताजा अपडेटः बालेन भन्दा निकै पछि परे केशव स्थापित, कसको कति ?

बिहीबार, ०५ जेठ २०७९, २२ : १९
बिहीबार, ०५ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । बिहीबार राति १० बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २३ हजार ७६० मत पाएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी देखिएका एमालेका केशव स्थापित निकै पछि परेका छन् । उनले हालसम्म १२ हजार ५२४ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ११ हजार ८५४ मत पाएकी छन् । हाल मतगणना भइरहेको वडाहरूमा ६,७, ८, २७, २८, २९, ३१ र ३२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म ६३ हजार ६० मत गनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप