आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोरङको उर्लाबारीमा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, २२ : ०३
बिहीबार, ०५ जेठ २०७९

मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । उर्लाबारी यसअघि नेपाली काँग्रेसका खड्ग फागोले जितेका थिए । पुनः दोहोर्याएका फागो यस पटक एमालेका गंगा प्रसाद खरेलसँग पराजित भए । 

खरेलले १२ हजार १ सय ५६ मत ल्याएर विजयी बन्दा काँग्रेसका खड्ग बहादुर फागोले १० हजार २ सय ९० मत ल्याए । उर्लाबारीको उपमेयरमा पनि एमालेकै मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् । 

गत चुनावमा मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । यस पटको चुनावमा भने मेयर उपमेयरमै एमालेले जितेको हो । ९ वटा वडा रहेको उर्लाबारीमा बहुमत वडा अध्यक्ष समेत एमालेले जितेको छ । १, ३, ५, ७ र ८ नम्बर वडा एमालेका उम्मेदवारले जित्दा २, ४, ६, र ९ नम्बर वडाका वडा अध्यक्ष काँग्रेसले जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप