शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

बिहीबार, ०५ जेठ २०७९, २१ : ५९
बिहीबार, ०५ जेठ २०७९

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो । 

    सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कनकाई नगरपालिकामा प्रमुख र बाह्रदशी गाउँपालिकामा अध्यक्ष जितेको छ । बाह्रदशी र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ भने भद्रपुर नगरपालिकामा उपप्रमुख पद जितेको छ । आठ नगर र सात पालिकामध्ये दुई नगरको मत गणना सकिए पनि दमक, गौरादह, शिवसताक्षी, मेची, विर्तामोड र अर्जुनधारा नगरपालिकाको मतगणना जारी छ ।  गाउँपालिकातर्फ वुद्धशान्ति, कमल र गौरीगञ्जको मतगणना जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप