शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

बिहीबार, ०५ जेठ २०७९, २१ : ५५
बिहीबार, ०५ जेठ २०७९

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।

तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–माओवादीसहितको गठबन्धन थियो, जुन गठबन्धन सफल भएको देखिएन ।

गठबन्धन गरेका आधाभन्दा धेरै पालिकामा नतिजा सुखद नदेखिनु गठबन्धन दलका लागि सोचनीय विषय हो । माओवादी केन्द्रले गठबन्धनबाट प्रमुख तथा अध्यक्षमा १७ र एकल प्रतिस्पर्धाबाट ३८ उम्मेदवारी दिएको थियो । यस्तै, गठबन्धनबाट माओवादीले उपप्रमुखमा ५३ र एकल ३७ वटामा उम्मेदवारी दिएको थियो ।

तथ्याङ्क अनुसार भोजपुरको एक पालिकामा गठबन्धन सफल हुँदा पाँच पालिकामा गठबन्धन असफल बनेको छ । यस्तै सोलुखुम्बुमा माप्य दूधकोशी गाउँपालिकामा पनि गठबन्धन असफल भएको छ । अन्य पालिकामा एकल प्रतिस्पर्धामा दलहरु थिए । तेह्रथुममा ६ पालिकामध्ये ४ पालिकामा गठबन्धन सफल हुँदा २ पालिकामा असफल भएको छ ।

खोटाङको ८ पालिकामा गठबन्धन भए पनि ६ पालिकामा मात्र सफल भएको छ । अन्य २ पालिकामा गठबन्धन असफल भयो । सबैभन्दा पहिले गठबन्धन गरेर चुनावमा जाने सहमति भएको धनकुटामा पनि गठबन्धन पूर्ण रुपमा सफल भएन । ७ वटै पालिकामा गठबन्धन भए पनि त्यहाँ एउटा पालिकामा मात्रै नतिजा सकारात्मक आयो । ९ वटा पालिकामा गठबन्धन भएको ताप्लेजुङमा ५ पालिकामा गठबन्धन सफल हुँदा ४ पालिकामा असफल भयो । ३ पालिकामा गठबन्धन भएको ओखलढुंगामा एक पालिकामा मात्रै सफल देखियो । ८ पालिकामा गठबन्धन भएको संखुवासभामा ३ पालिकामा मात्रै सफल भयो ।

यता ८ पालिकामा गठबन्धन भएको पाँचथरमा ६ पालिकामा सफल हुँदा दुई पालिकामा गठबन्धन असफल भयो । सबै पालिकामा गठबन्धन भए पनि इलाममा परिणाम सकारात्मक हुन सकेन । ८ वटा पालिकाको परिणाममा गठबन्धन दल २ वटामा मात्रै सफल भए । उदयपुरमा भने गठबन्धन केही हदसम्म सफल देखिएको छ । गठबन्धन भएको पाँच पालिकाको परिणाममा ४ वटामा गठबन्धन दललाई सफलता प्राप्त भएको छ । गठबन्धन भएको मोरङका दुई वटा पालिकामध्ये एउटामा सफल भएको छ भने झापामा तीन पालिकामा गठबन्धन दल असफल भएको छ । अन्यको परिणाम आउन बाँकी छ ।

गठबन्धन सफल (✓) गठबन्धन असफल (×)

भोजपुर

१) राप्रसाद राई गाउँपालिका  (✓)

अध्यक्षः थामबहादुर राई (माओवादी)

उपाध्यक्षः वीरेन्द्र राई (काँग्रेस)

२) अरूण गाउँपालिका (एकल प्रतिस्पर्धा)

अध्यक्षः शालिकराम खत्री (काँग्रेस)

उपाध्यक्षः बिनिता ढकाल (काँग्रेस)

३) साल्पासिलिछो गाउँपालिका  (×)

अध्यक्षः दौलथकुमार कुलुङ राई (स्वतन्त्र)

माओवादीको उम्मेदवार पराजित

उपाध्यक्षः अस्मिता कुलुङ राई (काँग्रेस)

४) आमचोक गाउँपालिका (एकल प्रतिस्पर्धा)

अध्यक्षः अशोक राई (माओवादी)

उपाध्यक्षः सीता राई (माओवादी)

५) हतुवागढी गाउँपालिका  (×)

अध्यक्षः प्रेमकुमार राई (एमाले)

गठबन्धनबाट काँग्रेसका अध्यक्षका उम्मेदवार अशोक राई पराजित

उपाध्यक्षः सुनिता राई (माओवादी)

६) पौवादुङ्मा गाउँपालिका (एकल प्रतिस्पर्धा)

अध्यक्षः किरण राई (एमाले)

उपाध्यक्षः ज्योत्सना राई (एमाले)

७) षडानन्द नगरपालिका  (×)

प्रमुखः सुरेन्द्रकुमार उदास (एमाले)

काँग्रेसको प्रमुखको उम्मेदवार वीरवल राई पराजित

उपप्रमुखः प्रमिला राई (माओवादी)

८) भोजपुर नगरपालिका (×)

प्रमुख : कैलाशकुमार आले (काँग्रेस)

उपप्रमुखः निर्मला शेर्पा (एमाले)

नेकपा एसका उपप्रमुख उम्मेदवार दिने भनेपनि काँग्रेसले उठाएको थियो ।

९) टेम्केमैयुङ गाउँपालिका  (×)

अध्यक्षः सरोज बस्नेत (काँग्रेस)

उपाध्यक्षः रमादेवी राई (एमाले)

माओवादीको उपाध्यक्ष उम्मेदवार पराजित

सोलुखुम्बु

१०) माप्य दूधकोशी गाउँपालिका (×)

अध्यक्षः बुद्धिकिरण राई (एमाले)

उपाध्यक्षः गौरव राई (माओवादी)

काँग्रेसका अध्यक्षका उम्मेदवार पराजित

११) महाकुलुङ गाउँपालिका (एकल प्रतिस्पर्धा)

अध्यक्षः सूर्यबहादुर राई (काँग्रेस)

उपाध्यक्षः विपना कुलुङ (काँग्रेस)

१२) सोताङ गाउँपालिका (एकल प्रतिस्पर्धा)

अध्यक्षः खिलराज बस्नेत (काँग्रेस)

उपाध्यक्षः अञ्जु नाछिरिङ राई (काँग्रेस)

१३) थुलुङ दूधकोशी गाउँपालिका (एकल)

अध्यक्षः असिम राई (माओवादी)

उपाध्यक्षः सविता राई (माओवादी)

१४) लिखुपिके गाउँपालिका (एकल)

अध्यक्षः मिनादेवी कार्की (काँग्रेस)

उपाध्यक्षः डावाङ लाक्पा शेर्पा (काँग्रेस)

१५) खुम्वु पासाङल्हामु गाउँपालिका (एकल)

अध्यक्षः मिङ्मा छिरी शेर्पा (एमाले)

उपाध्यक्षः टासी ल्हामु शेर्पा (एमाले)

१६) नेचा सल्यान गाउँपालिका

अध्यक्षः धनजन राई (काँग्रेस)

उपाध्यक्षः बिना राई (काँग्रेस)

माओवादी र जसपाबीच गठबन्धन भएपनि कांगे्रसको जित

१७) सोलु दूधकुण्ड नगरपालिका (एकल)

मेयरः नाम्गेल जाम्बु शेर्पा (काँग्रेस)

उपमेयरः गान्धीमायाँ तामाङ (काँग्रेस)

तेह्रथुम

१८) म्याङलुङ नगरपालिका (×)

मेयरः सञ्जयकुमार तुम्बाहाङफे (एमाले)

उपमेयरः जमुनादेवी सुवेदी (एमाले)

काँग्रेस र नेकपा एसको उम्मेदवार पराजित

१९) फेदाप गाउँपालिका (✓)

अध्यक्षः केशवप्रसाद भेटवाल (काँग्रेस)

उपाध्यक्षः सुनिता पाहिम (माओवादी)

२०) आठराई गाउँपालिका (✓)

अध्यक्षः दिलकुमार पाहिम (काँग्रेस)

उपाध्यक्षः बलिराज इङ्नाम (माओवादी)

२१) छथर गाउँपालिका (✓)

अध्यक्षः सन्तवीर लिम्बू (एमाले)

उपाध्यक्षः टेकराज लिम्बू (एमाले)

माओवादी अध्यक्ष र काँग्रेस उपाध्यक्षको गठबन्धन थियो

२२) मेन्छ्यायेम गाउँपालिका (×)

अध्यक्षः यादवबहादुर खापुङ (एमाले)

उपाध्यक्षः गितादेवी तिम्सिना (काँग्रेस)

अध्यक्षमा नेकपा एसका उम्मेदवार दिने सहमति भएपनि काँग्रेसले एकल दियो ।

२३) लालीगुराँस नगरपालिका (✓)

मेयरः अर्जुन माबोहाङ (काँग्रेस)

उपमेयरः जमुना मगर कार्की (काँग्रेस)

खोटाङ

२४) ऐसेलुखर्क गाउँपालिका (एकल)

अध्यक्षः गिरेन्द्रबहादुर राई (काँग्रेस)

उपाध्यक्षः राजेशकुमार भण्डारी (काँग्रेस)

२५) केपिलासगढी गाउँपालिका  (✓)

अध्यक्षः समिर राई (काँग्रेस)

उपाध्यक्षः गुरुराज राई (एकीकृत समाजवादी)

२६) बराहापोखरी गाउँपालिका (✓)

अध्यक्ष : शालिकराम बन्जरा (काँग्रेस)

उपाध्यक्षः भुवलराज राई (एकीकृत समाजवादी)

२७) जन्तेढुङ्गा गाउँपालिका (✓)

अध्यक्षः अरूणादेवी राई (माओवादी)

उपाध्यक्षः खेमबहादुर खड्का (काँग्रेस)

२८) साकेला गाउँपालिका (✓)

अध्यक्षः रविप्रकाश राई (काँग्रेस)

उपाध्यक्षः बिर्सिका राई (माओवादी)

२९) रावावेशी गाउँपालिका (×)

अध्यक्षः फटिककुमार श्रेष्ठ (काँग्रेस)

उपाध्यक्षः कौशिलाकुमारी गुरुङ (एमाले)

माओवादीका उपाध्यक्षका उम्मेदवार पराजित

३०) खोटेहाङ गाउँपालिका (✓)

अध्यक्षः उदिनबहादुर राई (माओवादी)

उपाध्यक्ष रुपेश राई (काँग्रेस)

३१) दिप्रुङ चुईचुम्मा गाउँपालिका (×)

अध्यक्षः लोकेन्द्र राई (एमाले)

उपाध्यक्षः अरुणा थापा (एमाले)

गठबन्धन दल दुवै पदमा पराजित

३२) हलेसी तुवाचुङ नगरपालिका

मेयरः विमला राई (काँग्रेस)

उपमेयरः रमेशकुमार राउत (काँग्रेस)

३३) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (✓)

मेयरः तिर्थराज भट्टराई (काँग्रेस)

उपमेयरः विशन राई (माओवादी)

धनकुटा

३४) चौबिसे गाउँपालिका (×)

अध्यक्षः राजकुमार लिम्बू (एमाले)

उपाध्यक्षः टंकमाया पाङमी (एमाले)

गठबन्धन दल दुवै पदमा पराजित

३५) सागुरीगढी गाउँपालिका (×)

अध्यक्षः जितेन्द्र राई (काँग्रेस)

उपाध्यक्षः मुना राई (एमाले)

उपाध्यक्षमा नेकपा एसका उम्मेदवार पराजित

३६) छथर जोरपाटी (✓)

अध्यक्षः छत्रबहादुर लिम्बु (काँग्रेस)

उपाध्यक्षः गीता गुरुङ (माओवादी)

३७) पाख्रिबास नगरपालिका (×)

मेयरः ज्ञानबहादुर गुरुङ (काँग्रेस)

उपमेयरः नम्रता गौतम (एमाले)

उपमेयरमा माओवादीको उम्मेदवार पराजित

३८) धनकुटा नगरपालिका (×)

मेयरः चिन्तन तामाङ(एमाले)

उपमेयरः भीमादेवी खनाल (एमाले)

गठबन्धनका दुवै उम्मेदवार पराजित

३९) महालक्ष्मी नगरपालिका (×)

मेयरः ध्रुवराज राया (काँग्रेस)

उपमेयरः मन्जुकुमारी कार्की (एमाले)

उपमेयरमा माओवादी उम्मेदवार पराजित

४०) सहिदभूमि गाउँपालिका (×)

अध्यक्षः मनोज राई (एमाले)

उपाध्यक्षः रत्नेश्वरी राई (एमाले)

गठबन्धनका दुवै उम्मेदवार पराजित

ताप्लेजुङ

४१) मेरिङदेन गाउँपालिका (✓)

अध्यक्षः युक हाङविर हाङ्गाम (काँग्रेस)

उपाध्यक्षः दुर्गाप्रसाद चोङबाङ (एकीकृत समाजवादी)

४२) फक्ताङलुङ गाउँपालिका (✓)

अध्यक्षः मा राजन लिम्बूले (माओवादी)

उपाध्यक्षः रबिन साम्रा लिम्बू (काँग्रेस)

४३) मैवाखोला गाउँपालिका (✓)

अध्यक्षः विजयप्रकाश वनेम (माओवादी)

उपाध्यक्षः कमलकुमारी लिम्बू (काँग्रेस)

४४) मिक्वाखोला गाउँपालिका (✓)

अध्यक्षः भक्तबहादुर कार्की (काँग्रेस)

उपाध्यक्षः डण्डु शेर्पा (माओवादी)

४५) सिदिङ्वा गाउँपालिका (×)

अध्यक्षः मानबहादुर राई (एमाले)

उपाध्यक्षः कृष्णकुमारी कडरिया (माओवादी)

अध्यक्षमा काँग्रेसको उम्मेदवार पराजित

४६) फुङलिङ नगरपालिका (×)

मेयरः अमिर मादेन (काँग्रेस)

उपमेयरः भीमादेवी ओझा (एमाले)

(उपप्रमुखमा माओवादीका बमबहादुर भट्टराई पराजित बने)

४७) आठराई त्रिवेणी गाउँपालिका  (×)

अध्यक्षः दिपेन्द्र पोमु (एमाले)

उपाध्यक्षः शान्ताकुमारी आङबुहाङ (एमाले)

दुवै पदमा गठबन्धनका उम्मेदवार पराजित

४८) सिरिजंघा गाउँपालिका (✓)

अध्यक्षः लालकृष्ण चौहान (काँग्रेस)

उपाध्यक्षः चित्रकुमार लिम्बू (माओवादी)

४९) पाथिभरा याङवरक गाउँपालिका  (×)

अध्यक्षः केशरकुमार सुब्बा (एमाले)

उपाध्यक्षः रत्नमाया गुरुङ (एमाले)

दुवै पदमा गठबन्धनका उम्मेदवार पराजित

ओखलढुंगा

५०) चिसंखुगढी गाउँपालिका (✓)

अध्यक्षः निशान्त शर्मा (माओवादी)

उपाध्यक्षः सन्तोषबाबु थापा (काँग्रेस)

५१) मानेभञ्ज्याङ गाउँपालिका (एकल)

अध्यक्षः ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र)

उपाध्यक्षः आश्रचन राई (काँग्रेस)

५२) चम्पादेवी गाउँपालिका (एकल)

अध्यक्षः नवराज केसी (काँग्रेस)

उपाध्यक्षः दिलमाया मगर (एमाले)

५३) मोलुङ गाउँपालिका (×)

अध्यक्षः उत्तम राई (एमाले)

उपाध्यक्षः उर्मिला खतिवडा (एमाले)

अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार पराजित ।

५४) खिजिदेम्बा गाउँपालिका (एकल)

अध्यक्षः गम्बु शेर्पा (जसपा)

उपाध्यक्षः सुशिला तामाङ (काँग्रेस)

५५) सिद्धिचरण नगरपालिका (×)

मेयरः तेजन खनाल (काँग्रेस)

उपमेयरः केदारबाबु बस्नेत (एमाले)

उपमेयर माओवादीका रुपेश शाक्य पराजित ।

५६) लिखु गाउँपालिका (एकल)

अध्यक्षः अशोककुमार कार्की (काँग्रेस)

उपाध्यक्षः अस्मिता थापा (एमाले)

५७) सुनकोशी गाउँपालिका (एकल)

अध्यक्षः कमल तामाङ (काँग्रेस)

उपाध्यक्षः सुनिता अधिकारी (काँग्रेस)

संखुवासभा

५८) खाँदवारी नगरपालिका (×)

मेयरः महेश थपलिया (काँग्रेस)

उपमेयरः महेश्वरा श्रेष्ठ (एमाले)

माओवादीको उपप्रमुख हार्यो

५९) सभापोखरी गाउँपालिका (✓)

अध्यक्षः भीमबहादुर लिम्बू (काँग्रेस)

उपाध्यक्षः लक्ष्मी चापागाईं (एकीकृत समाजवादी)

६०) सिलिचोङ गाउँपालिका (एकल)

अध्यक्षः भूपाल राई (काँग्रेस)

उपाध्यक्षः देविता राई (काँग्रेस)

६१) मकालु गाउँपालिका (✓)

अध्यक्षः वाङ्दिछिरिङ शेर्पा (काँग्रेस)

उपाध्यक्षः मनकला राई (माओवादी)

६२) धर्मदेवी नगरपालिका (×)

मेयरः उदयचन्द्र्र पौडेल (एमाले)

उपमेयरः तारा महत (काँग्रेस)

६३) मादी नगरपालिका (×)

मेयरः जीवन लिङ्थेप (एमाले)

उपमेयरः सुनितादेवी भट्टराई (एमाले)

नोटः माओवादी प्रमुख र काँग्रेस उपप्रमुख लिएको थियो ।

६४) पाँचखपन नगरपालिका (✓)

मेयरः विपिन राई (काँग्रेस)

उपमेयरः सुमुना श्रेष्ठ (एकीकृत समाजवादी)

६५) भोटखोला गाउँपालिका (×)

अध्यक्षः वाङ्छेदर लामा (एमाले)

उपाध्यक्षः सहाना लामा (एमाले)

अध्यक्ष नेकपा एस र उपाध्यक्ष काँग्रेसले हार्यो ।

६६) चिचिला गाउँपालिका (एकल थियो)

अध्यक्षः पासाङ नोर्बु शेर्पा (काँग्रेस)

उपाध्यक्षः मनकला राई (काँग्रेस)

६७) चैनपुर नगरपालिका (×)

मेयरः कृष्णकुमार तामाङ (एमाले)

उपमेयरः एलिना श्रेष्ठ (एमाले)

दुवै पदमा गठबन्धन पराजित

पाँचथर

६८) कुम्मायक गाउँपालिका (✓)

अध्यक्षः बमप्रसाद लावती (काँग्रेस)

उपाध्यक्षः महेन्द्रबहादुर खड्का (माओवादी)

६९) फालेलुङ गाउँपालिका (✓)

अध्यक्षः वीरबिक्रम थाम्सुहाङ (काँग्रेस)

उपाध्यक्षः महेन्द्रहाङ जबेगु (माओवादी)

७०) हिलिहाङ गाउँपालिका (×)

अध्यक्षः समरबहादुर अधिकारी (काँग्रेस)

उपाध्यक्षः सुमित्रा उप्रेती सेढाइँ (एमाले)

नेकपा एस उपाध्यक्षमा पराजित ।

७१) फाल्गुनन्द गाउँपालिका (✓)

अध्यक्षः वृजहाङ आङदेम्बे (काँग्रेस)

उपाध्यक्षः ठाकुरसिंह नेम्वाङ (माओवादी)

७२) मिक्लाजुङ गाउँपालिका (✓)

अध्यक्षः अमरराज माखिम (माओवादी)

उपाध्यक्षः सन्तकुमार शेर्मा (काँग्रेस)

७३) तुम्बेवा गाउँपालिका (✓)

अध्यक्षः बाबुराम खड्का (काँग्रेस)

उपाध्यक्षः खड्गसुन्दर सम्बाहाम्फे (माओवादी)

७४) फिदिम नगरपालिका (✓)

मेयरः मित्रप्रसाद काफ्ले (काँग्रेस)

उपमेयरः राधाकृष्ण न्यौपाने (माओवादी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप