बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन हुने

बिहीबार, ०५ जेठ २०७९, २१ : ३६
बिहीबार, ०५ जेठ २०७९

 वर्ल्ड रेकर्ड होल्डर सोसाइटीको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधार शिविरमा ‘विश्वको सर्वोच्च जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन’ हुने भएको छ । 

आगामी मे २९ आधार शिविरमा हुने सम्मेलनका लागि काठमाडौँबाट प्रस्थान गर्ने वातावरण वैज्ञानिकसहितको टोलीलाई उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले नेपालको झण्डा हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका छन् । 

उपराष्ट्रपति कार्यालयमा बिहीबार भएको एक कार्यक्रममा  उपराष्ट्रपति पुनले विश्वको ध्यान आकृष्ट गर्ने जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनको सफलताको शुभकामना दिएका हुन् । उनले विश्व कीर्तिमानी समाजका अध्यक्ष सन्च बहादुर राईलाई नेपालको झण्डा हस्तान्तरण गर्दै राष्ट्रले गर्नुपर्ने काम एउटा सामाजिक संस्थाले गर्न लागेकोमा खुसी व्यक्त गरे । 

उक्त सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको प्रत्यक्ष सहभागिता रहनेछ । सोही कार्यक्रममा नेपालबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रो.डा. शिविलाल भुसाल, प्रो.डा.उमेश कुमार मण्डल, डा. नारायण कुमार घिमिरे र डा. दिवस श्रेष्ठसहित विश्व कीर्तिमानी समाजका पदाधिकारीहरूको समेत सहभागिता रहनेछ । 

आधार शिविरमा गरिने जलवायु परिवर्तनका सवालमा समूह छलफल गरिने समाजका अध्यक्ष सन्च बहादुर राईले जानकारी दिए । टोली शुक्रबार आधारशिविर प्रस्थान गर्नेछ । राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा समाजका सचिव पुर्ण राईले शिखर सम्मेलनको उद्देश्यबारे प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्वय टेक बहादुर राई र माया गुरुङ, कोषाध्यक्ष बुद्धिराज राईको पनि उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप