
२२ वर्षपछि चुनावमा गाउँ गएका थिए, पक्राउ परे

जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– १ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।
साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नु पर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका ३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी लमजुङ अदालतले निज पौडेललाई ९ बर्ष ११ महिना ६ दिन कैद हुने गरी पौडेललाई कैद भुक्तानको लागी बिहीवार लमजुङ कारागार चलान गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ