बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउखोलामा डुबेर युवकको मृत्यु

बिहीबार, ०५ जेठ २०७९, २१ : २०
बिहीबार, ०५ जेठ २०७९

पाल्पास्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै रमाउने क्रममा बिहीबार दिउँसो एक युवकको डुबेर मृत्यु भएको छ ।   प्रहरीका अनुसार  जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलामा पौडिदै तस्बिर  खिच्दै गर्ने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको  हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार अलि डुबेर बेपत्ता भएको उनका साथीहरूले फोनमा  खबर गर्न  साथ दोभान प्रहरी चौकीको प्रहरी टोली उद्धारमा खटिएर लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको थियो । तर अस्पतालमा उनलाई मृत्त घोषणा गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप