आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सियारीमा काँग्रेस विजयी

बिहीबार, ०५ जेठ २०७९, २१ : १२
बिहीबार, ०५ जेठ २०७९

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसले  प्रमुख र उप प्रमुख दुवैमा विजयी भएको छ । प्रमुखमा काँग्रेस उम्मेदवार थानेश्‍वर घिमिरे १० हजार ४५ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अयोध्या थारुलाई २ हजार ७ सय ७७ मतान्तरले पराजित गरेका हुन् । पराजित अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याएकी छन् । यसअघि यो  गाउँपालिकामा एमालेले जितेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप