आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले भन्यो–‘धन्यवाद’

बिहीबार, ०५ जेठ २०७९, २० : ५०
बिहीबार, ०५ जेठ २०७९

स्थानिय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई सरकारले धन्यवाद दिएको छ । सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । 

सुरक्षा समितिको बैठकमा वैशाख ३० मा भएको स्थानिय तह निर्वाचनको समिक्षा गरिएको छ । केन्द्रीय सुरक्षा समितीले निर्वाचनमा सक्रिय राजनीतिक दलहरूलाई पनि धन्यवाद दिएको छ । सरकारले निर्वाचन गराउने सिलसिलामा घाइते सुरक्षाकर्मी तथा कर्मचारीहरूको स्वास्थ्य लाभको कामना गरेको छ । निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा खटिएका ५ म्यादी प्रहरी र एकजना  प्रहरीको मृत्यु भएको थियो । मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप