बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, १९ : २४
बिहीबार, ०५ जेठ २०७९

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा  एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । 
    
ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे । 

उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरे। कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व काँग्रेसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप