शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ जनामा कोरोना सङ्क्रमण

बिहीबार, ०५ जेठ २०७९, १९ : ११
बिहीबार, ०५ जेठ २०७९

कोरोना भाइरसको सङ्क्रमण १२ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन् । पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिशत लाखमा ३९३.४ को निधन भएको छ । हाल होम आइसोलेसनमा १५० जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप