शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीको रामधुनीमा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, १९ : ०७
बिहीबार, ०५ जेठ २०७९

सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार शङ्कललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदीप अधिकारीले ११ हजार ४०५ मत ल्याए । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेकी तारा थापा निर्वाचित भएका छन् । उनले १२ हजार २२० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप