बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहाको धनगढीमाई नगरपालिका मतगणनास्थलमा झडप

बिहीबार, ०५ जेठ २०७९, १८ : ५०
बिहीबार, ०५ जेठ २०७९

सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । धनगढीमाई नगरपालिका ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुढा गरे । सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । 

कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसा समेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनअश्रुग्यास प्रहार गरेका छन् । प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएपछि अहिले सर्वदलीय बैठक बस्दैछ । विना हस्ताक्षरको मतपत्र फेला परेपछि धाँधली भएको भन्दै काँग्रेस कार्यकर्ताहरूले विरोध गरिरहेका छन् । 

मेयरमा काँग्रेस जिल्ला सभापति समेत रहेका पूर्वसांसद रामचन्द्र यादव लडेको र उनी पछाडि परेकाले कार्यकर्ताहरु झन आक्रोशित देखिन्छन् । नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर महतो सुरुदेखि नै अग्रता कायम राखेका छन् । करिब १ सय भोट मात्र गन्न बाँकी रहेको र काँग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ ।

निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार विना हस्ताक्षरको मतपत्र फेला परेपछि विवाद हुँदा तत्काल मतगणना स्थगित भएको छ । तर यो विवाद सर्वदलीय बैठकबाट समाधान गरिने प्रयास जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप