शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इण्डोनेशियाले पाम ओयल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

बिहीबार, ०५ जेठ २०७९, १८ : २८
बिहीबार, ०५ जेठ २०७९

 विश्वको सबैभन्दा ठूलो पाम ओयल निर्यातक मुलुक इण्डोनेशियाले तिनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। यो कदमले युक्रेन युद्धपछि खाद्य आपूर्तिमा देखिएको कठिनाइलाई केही सहज बनाउने आशा बढाएको छ।

पाम ओयलमाथि लागु निर्यात प्रतिबन्ध मे २३ बाट हटाइने राष्ट्रपति जोको विडोडोले विहिबार बताए। स्थानीय आपुर्ति र मुल्यमा आएको सुधारलाई मध्यनजर गरेर यो कदम उठाइएको जोकोले बताए । 

इण्डोनेशियाले गत अप्रिल २८ मा पाम ओयलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। इण्डोनेशियाको कदमलाई युक्रेनमाथिको रुसी आक्रमणपछि सबैभन्दा ठूलो खाद्य संरक्षणवादी कदमको रुपमा हेरिएको थियो। 

युक्रेन युद्धमा फस्दा त्यहाँ उत्पादन हुने सूर्यमुखी तेल बजार पुग्न सकेको छैन। यसले बजारमा सूर्यमुखी तेलको अभाव छ। पाम ओयलको निर्यात रोकिएपछि आफूहरुको आय घटेको विरोधमा सयौं किसानहरु प्रदर्शनमा उत्रिएपछि सरकारले यो कदम लिएको बताइन्छ । किसानहरुले निर्यात प्रतिबन्धले आफूहरुको आय घटेको बताएका थिए।

ब्लूमवर्गबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप