जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजको १९५१ मतले अग्रता
बिहीबार, ०५ जेठ २०७९, १८ : ०४
धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्।
गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका लालकिशोर साहले १५५६ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका जसपा लालकिशोर साह चौथो स्थानमा पुगेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २३४० मत ल्याएका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसकी किशोरी साहले ६१०१ मत ल्याएकी छिन्। यस्तै एमालेकी रुनादेवी झाले ३८७६ मत,लोसपा रिताकुमारी मिश्रले २४१२ मत ल्याएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा