शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वा सोभन्दा बढी बच्चा हुँदा अभिभावक छिट्टै बुढो हुने, यसका दुई ठूला वैज्ञानिक कारण

बिहीबार, ०५ जेठ २०७९, १७ : ५८
बिहीबार, ०५ जेठ २०७९

यदि तपाईं दुई भन्दा सोभन्दा बढी बच्चाहरूको आमाबाबु हुनुहुन्छ भने, तपाईं दुई वा कम बच्चाहरू भएका आमाबाबुभन्दा छिटो बुढ्यौलीमा प्रवेश गर्दै हुनुहुन्छ । कोलम्बिया युनिभर्सिटीका वैज्ञानिकहरूले अनुसन्धानमा दाबी गरे अनुसार तीन वा सो भन्दा बढी बच्चा भएका आमाबाबु आफ्नो वास्तविक उमेर भन्दा ६.२ वर्ष बुढो देखिन्छन् ।  अनुसन्धानमा चाँडै बुढ्यौली हुनुको कारण बालबालिका हुर्काउने चिन्ता र आर्थिक बोझ रहेको बताइएको छ ।

६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा गरिएको अनुसन्धानः

यस अनुसन्धानको लागि, वैज्ञानिकहरूले युरोपको स्वास्थ्य, एजिङ र रिटायरमेन्ट सर्भेको डाटालाई विश्लेषण गरियो । यस डाटाबेसमा ६५ वर्ष वा सोभन्दा माथिका हजारौँ व्यक्तिहरूको डाटा समावेश छ । यी सबै मानिसहरू कम्तिमा दुई सन्तानका अभिभावक हुन् र युरोप वा इजरायलका २० देशका बासिन्दा हुन् ।

अनुसन्धानको नतिजाले थप सन्तान जन्माउँदा आमाबाबुमाथि थप जिम्मेवारी पनि थपिएको बताएको छ । बढ्दो तनाव र आर्थिक भारका कारण उनीहरुको बुढ्यौली प्रक्रिया छिटो हुन्छ, जसका कारण उनीहरु छिट्टै बुढ्यौलीतर्फ प्रवेश गर्छन् ।

स्मरणशक्ति र निर्णय क्षमतालाई असर गर्छः

फ्रान्सको पेरिस डाउफिन युनिभर्सिटीका प्रोफेसर डा. एरिक बोन्साङका अनुसार तीन वा सोभन्दा बढी सन्तान जन्माउँदा अभिभावकको कग्निटिभ फङ्सनिङमा नकारात्मक असर पर्छ । कग्निटिभ फङ्सनिङको अर्थ आमाबाबुको स्मरण शक्ति, ध्यान केन्द्रित गर्ने क्षमता, बुद्धिमत्ता, निर्णय गर्ने क्षमता आदिलाई बुझाउँछ । यो प्रभाव पुरुष र महिला मा समान छ ।

धेरै सन्तानले जीवन स्तरलाई असर गर्छः

अन्वेषकहरू विश्वास गर्छन् कि धेरै बच्चा जन्माउँदा आमाबाबुको बढी खर्च हुन्छ, जसले उनीहरूको पारिवारिक आम्दानी घटाउँछ । यसले उनीहरुलाई गरिबीको रेखामुनि पनि ल्याउन सक्छ । जीवन स्तरमा यस्तो गिरावटको कारण, उनीहरुको कग्निटिभ फङ्सनिङ कार्य सुस्त हुने सम्भावना हुन्छ । यसबाहेक आरामको अभाव र मानसिक स्वास्थ्य सुधार गर्ने क्रियाकलापमा सहभागी नहुनाले अभिभावकको बुढ्यौली चाँडै आउँछ ।

तीन सन्तानले पनि बुढेसकालको खर्च बढाउँछ

बुढेसकालमा सामाजिक रूपमा सक्रिय रहन र आफ्नो स्वतन्त्रता कायम राख्न कग्निटिभ हेल्थको ख्याल गर्नु आवश्यक रहेको अनुसन्धानले बताएको छ । यद्यपि, दुई भन्दा बढी बच्चाले कग्निटिभ हेल्थ खराब गर्छन्, जसले अन्ततः स्वास्थ्यको खर्च बढाउँछ । वृद्धवृद्धाको काम गर्ने क्षमता बढाउन र स्वास्थ्यको खर्चलाई कम गर्नका लागि उनीहरुको कग्निटिभ हेल्थमा ध्यान दिन आवश्यक छ ।

वैज्ञानिक हाल मानिसहरुमाथि एक सन्तान र सन्तान नै नहुँदाको असर बारे पनि जान्ने कोसिसमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप