शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुको अग्रता कायमै, कसले कति मत ल्याए ?

बिहीबार, ०५ जेठ २०७९, १७ : ५२
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५०६० मत गणना गर्दा रेनुले १६६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप