ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने नेता श्रेष्ठको भनाइ छ ।
बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने बताएका हुन् । निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन थियो । हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ’ श्रेष्ठले भने, ‘अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस्’ सबैसँग अनुरोध गर्दै श्रेष्ठले भने ।
उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण २०५९ सालमा प्रतिगमन भएर राजालाई बुझाए पनि अहिले फरक परिस्थितिमा देउवासँग सहकार्य गरिरहेको भन्दै एमालेसँग पूर्वाग्रह नराखिने बताए ।
‘तर एक पटकको प्रतिगामी कदम चालेका शक्ति सधैँ त्यस्तै भइरहन्छ भन्ने होइन, नयाँ ढंगले अगाडि बढ्न सकिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा उहाँको कारणले राजामा शक्ति गएर प्रतिगमन भएको थाहा छ’, श्रेष्ठको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले चालेको प्रतिगामी कदमसँग लड्न देउवाकै नेतृत्वमा गठबन्धन गर्दै नयाँ सरकार देउवाकै नेतृत्वमा बनाएको भन्दै उनले भने ‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आयो भने आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ ।’ श्रेष्ठले हठ र पूर्वाग्रहका आधारमा सोच्ने काम गर्न नहुने बताए ।
‘कसैले पनि हठ र पूर्वाग्रहका आधारमा सोच्ने काम गर्नु हुन्न, राजनीतिमा त्यो उपयुक्त पनि हुँदैन’, श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या