
कैलालीको गौरीगंगा-६ मा काँग्रेसका कुँवर विजय

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । नगरपालिकाको वडा नम्बर ६ को अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल विजयी भएको हो ।
वडामा कुल खसेको २ हजार ५ सय ६८ मतमध्ये वडा अध्यक्षका उम्मेदवार कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त गरे ।
वडा सदस्यमा काँग्रेसबाट महिला सदस्यमा गीता चौधरी, दलित महिला सदस्यमा बाटुदेवी बि.क., खुल्ला सदस्यमा टेकबहादुर बोगटी र सियाराम चौधरी विजय भएकाे काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ