
आधुनिक पेस्तोलसहित १ जना पक्राउ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रन्जित मण्डल छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्दै आएका मण्डलको साथबाट ब्राउनिङ्ग पेस्तोल १ थान र ६ राउन्ड गोलि बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिहीबार नम्बर–६ गण, सप्तरी र भारदहमा रहेको सुरक्षा बेशबाट खटिएको टोलीले उनलाई कोशी ब्यारेजबाट पक्राउ गरेको हो । मण्डललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ