शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीको दाबी : एमालेको जनमत यथावत छ

बिहीबार, ०५ जेठ २०७९, १६ : ४४
बिहीबार, ०५ जेठ २०७९

नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गरेका छन् ।  बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गरेका हुन् ।

उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे ।

उनले भने, ‘हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिन बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा (एमाले) ले करिब–करिब ४८ सालको निर्वाचन देखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ ।’

उनले कतै कतै पार्टीको आन्तरिक कारणहरूले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए ।  उनले नेकपा (एकीकृत समाजवादी) लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गरे । 

त्यसैगरी संसद भवनमै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एमाले) का सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताए । एमालेको विभाजन पनि हारको कारण भएको उनको भनाई छ । त्यसैगरी पार्टीहरू प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप