बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता

बिहीबार, ०५ जेठ २०७९, १६ : ३८
बिहीबार, ०५ जेठ २०७९

एनएमबि बैंकद्वारा माइती नेपालका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जनाको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित उनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थीको उपस्थिती रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप