बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘पाँच दलीय गठबन्धनमा इमानदारिता देखिएन’

बिहीबार, ०५ जेठ २०७९, १६ : ३८
बिहीबार, ०५ जेठ २०७९

नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमानदारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनमा इमानदारिता नदेखिएको बताएका हुन् ।

उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमानदारिता देखाउन नसकेको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।

उनले भने,– ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलीय गठबन्धनमा इमानदारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमानदारिता देखाउनुपर्थ्यो त्यो देखाउन सकेन । माओवादी पार्टीले आफु एउटा बिजनेस म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग¥यो । कांग्रेसले पनि त्यो खालको व्यवहार गर्यो । त्यसैले हामीले जुन खालको रिजल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजल्ट आउन सकेन ।’

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरूसँग अगाडि जान नसकिने उनले बताए ।  उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलीय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप