आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गर्‍यो : योगेश भट्टराई

बिहीबार, ०५ जेठ २०७९, १६ : ३३
बिहीबार, ०५ जेठ २०७९

एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको जिकिर गरे । 

उनले पार्टी हारको कारण उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताए । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उनले बताए । सांसद भट्टराईले काठमाडौं महानगरपालिकामा कांग्रेस, एमाले लगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको टिप्पणी गरे । 

नेकपा(एमाले)का सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताए । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंबासीले परिक्षण गर्न खोजेको उनको तर्क छ । उनले लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टी भित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप